२० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

हिमाल प्रेस १४ पुष २०८० ७:०२
4
SHARES
२० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

धनुषा- धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सरसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सरसामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए ।

जिल्लाअन्तर्गत बोर्डर हुँदै भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको सरसामानसहित ओसारपोसारमा संलग्न आठवटा मोटरसाइकल गरी २० लाखभन्दा बढीको सरसामान बरामद गरेको निरीक्षक खरेलले बताए।

बरामद गरेको सामान आज आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।

 

प्रकाशित: १४ पुष २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =