धनुषामा गोली चल्यो, दुईजना घाइते

नेहा झा ६ पुष २०८० ११:१३
134
SHARES
धनुषामा गोली चल्यो, दुईजना घाइते

जनकपुरधाम- धनुषामा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। हंसपुर नगरपालिका वडा नं. ५ सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो।

एकजना स्थानीयको प्रहरीकाे कुटाइबाट मृत्यु भएपछि आक्रोशित स्थानीय प्रहरी चौकी घेराउ गर्न पुगेका थिए। भीडलाई नियन्त्रण गर्न प्रहरीले गरेको हवाई फायरबाट दुईजना घाइते भएका हुन्।

घाइते हुनेमा ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी रहेका छन्। घाइते दुईमध्ये अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्डलको दायाँ हातमा गोली लागेको छ।

अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने अर्का घाइते मण्डललाई थप उपचारका लागि काठमाडौँ  रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न खाजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हाे।

स्थानीयले सशस्त्र प्रहरीको एउटा मोटरसाइकलमा आगजनी गर्नुका साथै नेपाल प्रहरीको मोटरसाइकलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

स्थानीय दिपा मण्डललाई इलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाइबाट दिपाको संवेदनशील अंगमा चोट लागेको थियो। उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयको भनाइ छ।

प्रकाशित: ६ पुष २०८० ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =