दुई नेपालीको अपहरणमा संलग्न ६ जना भारतीय पक्राउ

हिमाल प्रेस ११ पुष २०८० १७:०९
30
SHARES
दुई नेपालीको अपहरणमा संलग्न ६ जना भारतीय पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- नेपाली नागरिकको अपहरणको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। चितवन रत्ननगर बस्ने दीपेन्द्र महत र भरतपुर बस्ने कृष्ण थापाको अपहरणमा संलग्न ६ जना भारतीय नागरिक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका  अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरू राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन्।

प्रहरीका अनुसार गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए।  तर पुस ७ गते साँझ थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ मागेको खबर छोडेका थिए।

७ गते साँझ नै थापाले पठाएको खबर उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय भरतपुरमा मौखिक उजुरी दिइन्। चितवन प्रहरीले रौतहट प्रहरीसँग तत्कालै समन्वय गरेर ‘अप्रेसन’ सुरु गरेको थियो।

पुस १० गते भारतको सितामढी डुम्रामा महत र थापासँगै अपहरणकारी रहेको सूचना थाहा पाएपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूको सकुशल उद्धार भएको छ। पक्राउ परेका ६ भारतीय र थापा र महतलाई भारतीय प्रहरीले रौतहट प्रहरीको जिम्मा लगाएको छ।

प्रकाशित: ११ पुष २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =