प्रधानमन्त्री गोरखा जाँदै

हिमाल प्रेस ११ पुष २०८० ८:१४
4
SHARES
प्रधानमन्त्री गोरखा जाँदै

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्।

नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बारपाक सुलीकोट गाउँपालिका–८ को वडा पार्टीको बैठकमा सहभागी हुन उनी गोरखा जान लागेका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक तिमिल्सेना साकारले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले वडा पार्टीको बैठकमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ। माओवादी पार्टीको विशेष रूपान्तरण अभियान अन्तर्गत सातै वटै प्रदेशको १–१ वटा वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेश अन्तर्गत गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको – ८ पन्द्रुङको वडा पार्टीको बैठकमा सहभागी हुन लागेका हुन्।

त्यस वडा जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेलको जन्म थलो भएकाले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम राखिएको नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ।

आज नै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेलको जराङडाडामा रहेको स्मृति पार्कको अवलोकन र बारपाक सुलीकोट गाउँपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टाले जानकारी दिए।

प्रकाशित: ११ पुष २०८० ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =