भविष्यमा कोरोना जस्ता महामारी आइपर्न सक्छन् : डब्ल्यूएचओ

हिमाल प्रेस ११ पुष २०८० ७:५८
2
SHARE
भविष्यमा कोरोना जस्ता महामारी आइपर्न सक्छन् : डब्ल्यूएचओ

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ।

डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको संकट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो।

डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका संकटसँग लड्न बलियो आधार तय गरेको बताए।

गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड-१९को अन्त्य भएको घोषणा गरेका थिए।

उनले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताए। उनले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेको एएफपीमा उल्लेख छ।

प्रकाशित: ११ पुष २०८० ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =