विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा आचार्यको उम्मेदवारी

हिमाल प्रेस २२ साउन २०८० १६:५३
8
SHARES
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा आचार्यको उम्मेदवारी

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्। आचार्य ३० वर्षदेखि विश्व स्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीमा रही काम गर्दै आएका छन्।

उनीसँग राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव छ। दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन्। उक्त पदमा नेपालबाट आचार्यसँगै बंगलादेशबाट पनि उम्मेदवारी परेको छ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ।

दक्षिण पूर्वी एसियामा नेपाल र बंगलादेशसँगै भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर–लिस्टे (इस्ट टिमोर) छन्।

प्रकाशित: २२ साउन २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =