विद्यालय शिक्षासम्बन्धी विधेयक छिट्टै पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १० पुष २०८० २०:३३
2.0k
SHARES
विद्यालय शिक्षासम्बन्धी विधेयक छिट्टै पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय शिक्षासम्बन्धी विधेयकमा रहेका कमीकमजोरी सच्याई छिट्टै पारित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरुरी छ। ७ वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक मैले संसदमा पेस गरेँ। त्यसका कमीकमजोरी सच्याई छिटै पारित गर्न म प्रतिबद्ध छु।’

प्रधामन्त्रीले विद्यालयलाई राजनीतिक क्रीडास्थल बनाउनु हुँदैन भन्‍ने आफ्नो निष्कर्ष रहेको सुनाए। उनले भने, ‘यसमा म आमशिक्षक, राजनीतिक दल र अन्य सरोकारवालाको साथ चाहन्छु।’

भर्नाअगावै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सफल भएसँगै अब यसै शैक्षिक वर्षभित्र शिक्षक विद्यार्थी अनुपातमा सुधार गरिँदै जाने पनि प्रधानमन्त्रीले बताए।

सात प्रदेशमा सुविधायुक्त स्टुडियो निर्माण गरी दुर्गम र दक्ष शिक्षकको अभाव भएका स्थानीय तहहरूमा रहेका विद्यालयमा आगामी शैक्षिक वर्षदेखि नै सूचना प्रविधिका माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गर्न लागिएको जानकारी प्रधानमन्त्रीले दिए।

प्रकाशित: १० पुष २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =