सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

हिमाल प्रेस ८ पुष २०८० १७:२१
170
SHARES
सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा जिल्ला अदालत काठमाडौँ परिसरमा सन्दीप लामिछाने। फाइल तस्बिर

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आज दुईजना सरकारी वकिल र पीडितको तर्फबाट एकजनाले बहस गरेका थिए। यद्यपि, समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

अब यो मुद्दाको सुनुवाइ बुधबार यही इजलासमा हुनेछ। सोमबार र मंगलबार लगातार बिदा परेकाले अब बुधबार बहस हुनेछ। आजको मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको थियो। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। तर, अहिलेसम्म फैसला हुन सकेको छैन।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा २०७९ साल कात्तिक १४ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।

प्रकाशित: ८ पुष २०८० १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =