एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिट्ब्युरो बैठक नबोलाउने

हिमाल प्रेस ८ पुष २०८० ८:०१
2
SHARE
एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिट्ब्युरो बैठक नबोलाउने

चितवन- नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिट्ब्युरो बैठक नबोलाउने भएको छ।

७०औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक मात्र बोलाउने निर्णय गरेको छ।
समय अभावले केन्द्रीय कमिटी बैठक मात्र बोलाउने निर्णय भएको समाजवादीले जनाएको छ।

पुस ९ र १० गते तय गरिएको स्थायी कमिटी बैठक तय गरिएको थियो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

मस्यौदाको धारा उपधारामाथि छलफल गरिएको बैठकमा थप छलफल आवश्यक रहेकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन लागिएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारीमा जुट्न निर्देशन दिएको छ ।

प्रकाशित: ८ पुष २०८० ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =