आयोगलाई माध्यमिक शिक्षकको ४३५ दरबन्दी विवरण उपलब्ध

हिमाल प्रेस ५ पुष २०८० १४:५४
3.5k
SHARES
आयोगलाई माध्यमिक शिक्षकको ४३५ दरबन्दी विवरण उपलब्ध

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त दरबन्दीका लागि पुसभित्रै विज्ञापन खुलाउने तयारी गरेको छ। आयोगले आफ्नो वार्षिक कार्यतालिकाअनुसार विज्ञापन गर्न लागेको हो।  पुस-माघमा विज्ञापन खुलाउने फागुन-चैतमा सामान्य परीक्षा सञ्चालन गर्ने र जेठ-असारमा विषयगत परीक्षा सञ्चालन गर्ने आयोगको कार्यतालिका छ।

आयोगका सूचना अधिकारी (उपसचिव) सुदर्शन मरहठ्ठाले सकेसम्म पुसमा नभए माघ पहिलो साता माध्यमिक तहको विज्ञापन खुल्ने जानकारी दिए। उनले भने,‘आयोगको वार्षिक कार्यतालिकाअनुसार पुस महिनाभित्र माध्यमिक तहमा रिक्त शिक्षक दरबन्दीको विज्ञापन गर्नुपर्ने हुन्छ। हामी तीव्र गृहकार्यमा छौँ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लामा रिक्त शिक्षकको विवरण संकलन गरेर आयोगलाई पठाउँदै पठाइरहेको छ। त्यो क्रम जारी रहेको प्रवक्ता मरहठ्ठाले बताए।

केन्द्रले आयोगलाई हालसम्म विभिन्न विषयका ४३५ शिक्षकको रिक्त दरबन्दी पठाएको छ। मरहठ्ठाका अनुसार आयोगलाई हालसम्म सबैभन्दा बढी विज्ञान विषयमा रिक्त शिक्षक दरबन्दी प्राप्त भएको छ।

प्रकाशित: ५ पुष २०८० १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =