एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

हिमाल प्रेस २ पुष २०८० ७:०९
4
SHARES
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ।

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ।

प्रकाशित: २ पुष २०८० ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =