निम्नमाध्यमिक शिक्षकको लिखितमा कोको पास भए? [नामावलीसहित]

हिमाल प्रेस ३० मंसिर २०८० १८:१०
3.2k
SHARES
निम्नमाध्यमिक शिक्षकको लिखितमा कोको पास भए? [नामावलीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशित गरेको हो।

त्यसैगरी कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ। आयोगले उक्त पदको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली तथा कोशी, मधेश र बागमती प्रदेशको अंग्रेजी विषयको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

त्यसअघि उक्त पदको कोशी, मधेश र बागमती प्रदेशको नेपाली विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको थियो। आयोगले अन्तर्वार्ताको मिति पनि तय गरेको छ। लिखितमा उत्तीर्ण भएका प्रतिस्पर्धालाई सम्बन्धित प्रदेशमै अन्तर्वार्ता लिन लागिएको हो।

अन्तर्वार्ताबारे थप जानकारी

आफ्नो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम भर्नुपर्नेछ।

यसैगरी उम्मेदवारले नागरिकताको प्रमाणपत्र, प्रवेशपत्र, अध्यापन अनुमतिपत्र, सम्बन्धित तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता र एक तह माथिल्लो योग्यता भएमा सोको ट्रान्स्क्रिप्ट र चारित्रिक प्रमाणपत्र, विदेशी संस्थाबाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, कार्यरत भएमा अस्थायी नियुक्ति पत्र, शिक्षासम्बन्धी तालिमको प्रमाणपत्र, सम्बन्धित तहमा अविच्छिन्न रूपमा अस्थायी वा राहत अनुदान कोटाअन्तर्गतको शिक्षक पदमा सेवा गरेका उम्मेदवारले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा स्थानीय तहको शिक्षा शाखा प्रमुखबाट प्रमाणित गरिदिएको सेवा प्रमाणितपत्रको सक्कल कागजात र सबै सक्कल कागजातका एकएकप्रति प्रतिलिपि फाइलसहित पेस गर्नुपर्नेछ।

सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल नगराइने आयोगले जनाएको छ। कुनै उम्मेदवारले अन्तर्वातामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रद्द गर्न सक्ने जनाइएको छ।

नतिजा सूची र अन्तर्वार्ताको मिति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =