राप्रपा संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा : लिङ्देन

हिमाल प्रेस २७ मंसिर २०८० २१:४३
10
SHARES
राप्रपा संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा : लिङ्देन

सुदूरपश्चिम- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन्। राप्रपाद्वारा आज (बुधबार) कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताएका हुन्।

‘राप्रपा पछाडि फर्किने पनि होइन, पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ,’ उनले भने। उनले देशलाई कमजोर अवस्थामा पुर्‍याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाए।

राप्रपाका महामन्त्री धवलशमशेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गरे।

प्रकाशित: २७ मंसिर २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =