हेल्थ टिप्स : खाली पेटमा भिजाएको मुगको दाल खानुका फाइदा

हिमाल प्रेस २७ मंसिर २०८० ७:३१
52
SHARES
हेल्थ टिप्स : खाली पेटमा भिजाएको मुगको दाल खानुका फाइदा

दाल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। सबै प्रकारका दाल प्रोटिनको राम्रो स्रोत हुन्। तर मुगको दाल अन्य दालभन्दा बढी फाइदाजनक मानिन्छ।

मुगको दाल पौष्टिक तत्वले भरिपूर्ण हुन्छ। यसमा भिटामिन बी-६, भिटामिन सी, आइरन, फाइबर, पोटासियम, कपर, फस्फोरस, फोलेट, रिबोफ्लेभिन, म्याग्नेसियम, नियासिन र थायामिन जस्ता धेरै पोषक तत्वहरू पाइन्छ।

यद्यपि मुगको दाल धेरै तरिकाले खान सकिन्छ। रातभर भिजाएर बिहान खाली पेटमा मुगको दाल खाँदा यसले शरीरलाई धेरै फाइदा पुर्‍याउन सक्छ।

बिहान खाली पेटमा भिजाएको मुग दाल खानाले शरीरमा दिनभर ऊर्जा कायम राख्छ। यसका साथै स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू पनि निको पार्न मद्दत गर्छ। यहाँ बिहान खाली पेटमा भिजाएको मुगको दाल खाँदा के-के फाइदा हुन्छ त्यसबारे चर्चा गर्दैछौं।

रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ

शरीरलाई स्वस्थ राख्नका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ। भिजाएको मुगको दाल खाली पेटमा खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

यसमा भिटामिन र एन्टिअक्सिडेन्ट मात्रामा पाइन्छ। त्यसाे हुनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। भिजाएको मुगको दाल खानाले धेरै रोग र संक्रमणबाट बच्न सकिन्छ।

पाचन प्रणालीको लागि राम्रो

भिजाएर खाली पेटमा मुगको दाल खाँदा पेटकाे लागि फाइदाजनक हुन्छ। यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ।

आन्द्राको गतिमा सुधार गर्छ। जसकारण पेट सजिलै सफा हुन्छ। कब्जियत, अपच र ग्यासजस्ता पाचनसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।

रगतको कमी हुन दिँदैन

मुगको दालमा प्रचुर मात्रामा आइरन हुन्छ। यसले रगतमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ। नियमित खाँदा शरीरमा हुने रगतको कमी निको हुन्छ। यसबाहेक यसले कमजोरी र थकान जस्ता लक्षणहरूसँग लड्न पनि मद्दत गर्दछ।

तौल घटाउँछ

यदि तौल घटाउन चाहनुहुन्छ भने बिहान-बिहान खाली पेटमा भिजाएको मुगको दाल खानुपर्छ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले लामो समयसम्म भोक लागदैन।

शरीरलाई ऊर्जा दिन्छ

भिजाएको मुग दाल खानाले शरीरमा हुने कमजोरी र थकानको समस्यालाई हटाउँछ। यसमा भिटामिन र मिनरल्सजस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ जसले शरीरमा ऊर्जा कायम राख्न मद्दत गर्छ।वन्लीमाइहेल्थबाट अनुवाद 

प्रकाशित: २७ मंसिर २०८० ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =