रास्वपाको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २५ मंसिर २०८० १३:५६
6
SHARES
रास्वपाको संसदीय दलको बैठक बस्दै रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ।

रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिइन्।

उनले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताइन्।

‘आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ। संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्’, सचेतक डाँगीले भनिन्।

प्रकाशित: २५ मंसिर २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =