संसद्‌को महासचिवमा पाण्डेको नाम सिफारिस

हिमाल प्रेस २५ मंसिर २०८० १२:०१
12
SHARES
संसद्‌को महासचिवमा पाण्डेको नाम सिफारिस

काठमाडौँ- संघीय संसद्‌को महासचिव पदका लागि संसद् सचिवालयकै सचिव पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ। महासचिव भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएसँगै पाण्डे सिफारिस भएका हुन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका हुन्।

गौतमले आइतबार राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरिसकेको जनाएको छ।  संसद्को महासचिव सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ।

संसद्‌का महासचिव भरतराज गौतमले दिए पदबाट राजीनामा

प्रकाशित: २५ मंसिर २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =