जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

हिमाल प्रेस २१ मंसिर २०८० १२:४९
4
SHARES
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

मंसिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ।

आसन्न राष्ट्रियसभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।

प्रकाशित: २१ मंसिर २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =