मादी नदीमाथि १ अर्ब २१ करोडमा ‘आर्क ब्रिज’ बन्दै

हिमाल प्रेस २० मंसिर २०८० १६:०६
18
SHARES
मादी नदीमाथि १ अर्ब २१ करोडमा ‘आर्क ब्रिज’ बन्दै

काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क ब्रिज’को निर्माण सुरू भएको छ। मुग्लिन–पोखरा सडकखण्डको ब्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमाथि पुल निर्माण थालिएको हो।

अनप जेडआईसी जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का लिएको मुग्लिन–पोखराको पूर्वीखण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ३१५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ सम्झौता गरेको हो।

हालको मादीपुलबाट करिब ५० मिटर दुरीमा नयाँ पुल निर्माण भइरहेको छ। पुल निर्माणका लागि १ अर्ब २१ करोडमा ठेक्का सम्झौता छ।

पूर्वी खण्डको सडक विस्तारमा ३८ प्रतिशत कार्य प्रगति भएको छ। तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ।

पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको छ। उक्त खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो। यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो। ४१.४५ किलोमिटर दूरीको यो खण्डको काम २०८१ वैशाखसम्म सक्नुपर्ने छ।

प्रकाशित: २० मंसिर २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =