आँधीमुहानमा पुल बन्यो, चार जिल्लालाई सहज

हिमाल प्रेस २१ कार्तिक २०८० १७:०९
आँधीमुहानमा पुल बन्यो, चार जिल्लालाई सहज फाइल तस्बिर

गल्याङ– कालीगण्डकी राजमार्गअन्तर्गत आँधीखोलाको आँधीमुहानमा बनेको पुल सञ्चालनमा आएको छ। राजमार्गको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि स्याङ्जाको पश्चिम क्षेत्रका साथै पर्वतको दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका स्थानीयबासीको आवातजावतमा सहज भएको हो।

कालीगण्डकी राजमार्गअन्तर्गत गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने सेतीवेणी–मिर्मी सडक खण्ड १० किलोमिटर दूरीको हो। यही सडक खण्डलाई जोड्ने गरी रायमाझी/राजेश्वरी/पीटीआर अधिकारी जेभीले आँधीखोलामा ट्रस ब्रिज निर्माण गरेको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए। आचार्यका अनुसार पुल ९ करोड ६२ लाख ७९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

अहिले स्याङजा–पर्वत खण्डको सडक निर्माणले तीव्रता पाएको छ। स्याङजा–पर्वतको ५३ किलोमिटरमध्ये सेतीवेणी–मिर्मी सडकको काम महादेव खिम्ती/आन्जना/पराजुली जेभी लम्जुङले निर्माण जिम्मा लिएर अगाडि बढाएको छ।

रासस

प्रकाशित: २१ कार्तिक २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =