‘दान्भी’को पोस्टरमा मेसिनगनसहित पूजा

हिमाल प्रेस २० मंसिर २०८० १३:११
10
SHARES
‘दान्भी’को पोस्टरमा मेसिनगनसहित पूजा

काठमाडौँ- फिल्म ‘दान्भी’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री पूजा शर्मा मेसिनगनसहित लडिरहेकी छन्। उनी आफैँ घाइते अवस्थामा छिन्। सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुमाथि कौतुहलता जगाएको छ।

फिल्ममा पूजालाई एक्सन अवतारमा देख्न पाइनेछ। रोमान्टिक भूमिकामा रुचाइएकी पूजा यसै फिल्मबाट एक्सन अवतारमा देखिने भएकी छन्। फिल्मका लागि पूजाले महिनौंसम्म एक्सनको ट्रेनिङसमेत लिएकी थिइन्।। रोमान्टिक भूमिकामा रुचाइएकी उनी पहिलोपटक एक्सन अवतारमा देखिन लागेकी हुन्।

नेपाली फिल्ममा सम्भवतः पहिलोपटक मेसिनगनको प्रयोग भएको हो। पछिल्लो समय साउथ र बलिउडका एक्सन फिल्ममा मेसिनगनको व्यापक प्रयोग देखिन्छ।

रुपेश तामाङले निर्देशन गरेकाे फिल्ममा पूजासहित कलाकार कुन्साङ बोमजोम मुख्य भूमिकामा  छन्। फिल्ममा रविना थापा मगरको कथा छ र संजोग रानाको पटकथा तथा संवाद छ।

हरि लामा घलेको छायांकन, निर्देशन श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादनमा बनेकाे फिल्म अर्जुन पोखरेल, नरेश जोगी र केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफीमा बनेको छ।

अनुप गडाल र देव मगरले लगानी गरेको फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन।

प्रकाशित: २० मंसिर २०८० १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =