रास्वपाको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस २० मंसिर २०८० ११:१६
2
SHARE
रास्वपाको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए। रास्वपा सचिवालयमा १३ जना सदस्य रहेका छन्।

रास्वपाले विभिन्न प्रदेशमा गर्न लागेको प्रशिक्षण तथा अन्तरक्रियाका लागि पदाधिकारी र केन्द्रीय सदस्य परिचालनको विषयमा छलफल गर्नका लागि बैठक डाकेको बुझिएको छ।

यसअघि यही मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले थप गरेका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने कार्यक्रम रहेको छ।

रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुंग्याइसकेको छ भने एक उपसभापति, दुई सहमहामन्त्री, एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा तीन जना सहप्रवक्ता मनोनित गरेको छ।

प्रकाशित: २० मंसिर २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =