पाल्पामा चौधरी ग्रुपको टिपर दुर्घटनामा मजदुरको मृत्यु

हिमाल प्रेस १८ मंसिर २०८० ९:४९
14
SHARES
पाल्पामा चौधरी ग्रुपको टिपर दुर्घटनामा मजदुरको मृत्यु

पोखरा- पाल्पाको रैनादेवी छहरास्थित चौधरी ग्रुप ९सिजी० कम्पनीको टिप्पर दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ ।

आइतबार राति ११ः३५ बजे कम्पनीको कम्पाउण्डभित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको लोड टिपर एक स्थानबाट अर्को स्थानमा सार्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा पाल्पाको रिब्दीकोट गाउँपालिका वडा १ ख्याहाका २४ वर्षीय शिरबहादुर पालुङेगे घाइते भएका थिए। उनलाई प्रहरी चौकी सर्देहवाको टोलीले उद्धार गरी सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुगन्ध श्रेष्ठले बताए।

प्रकाशित: १८ मंसिर २०८० ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =