नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुमा ग्राउन्डेड, समस्या ब्याट्रीमा

हिमाल प्रेस १७ मंसिर २०८० २१:०१
नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुमा ग्राउन्डेड, समस्या ब्याट्रीमा प्रतीकात्मक तस्बिर।

मुगु- नेपालगञ्जबाट मुगुका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान ताल्चा विमानस्थलमा ग्राउन्डेड भएको छ। तीन जना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबीयु कलसाइन रारा विमानस्थल पुगेको थियो।

उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो। जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाइ जाँच गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएको थियो।

नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिए।

नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा बास बसेका छन्। रासस

प्रकाशित: १७ मंसिर २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =