भैरहवा विमानस्थल नियमित उडानका लागि नाट्टाले बुझायाे ज्ञापनपत्र

हिमाल प्रेस १७ मंसिर २०८० १५:४६
16
SHARES
भैरहवा विमानस्थल नियमित उडानका लागि नाट्टाले बुझायाे ज्ञापनपत्र

लुम्बिनी- भैरहवास्थित गाैतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमकाे जहाज नियमित सञ्चालनकाे माग गर्दै नेपाल एशाेसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट ( नाट्टा) लुम्बिनी प्रदेशले बायुसेवा निगममा ज्ञापनपत्र बुझाएकाे छ।

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सन्जिव जाेशी नेतृत्वको टोलीले आइतबार नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दाे छिटाे भैरहवाबाट नियमित उडान गराउन माग गरेका हुन्।

ज्ञापनपत्र बुझ्दै कालाखेतिले सरकार विमानस्थल सञ्चालनका लागि सकरात्मक रहेकाे बताउँदै ‍उडानका लागि पहल गर्ने बताए। ४३ अर्बभन्दा बढी लगानीमा बनेको भैरहवा विमानस्थलमा नेपाल वायुसेवा निगमले भैरहवा -काठमाडौं र भैरहवा -दिल्ली उडान गरेमा जहाज नियमित उडानका लागि  सिङ्गाे नाट्टा र ट्राभल्स व्यवसायी  लागि पर्ने उनीहरूकाे प्रतिबद्वता छ।

भैरहवाबाट बुद्ध , यति, श्री एयरलायन्सलगायतले १५ वटा जहाजले उडान भरिरहेकाे बेला नेपाल वनयुसेवा निगम पनि सन्चालन भए जहाजलाई आवश्यक यात्रुको संख्या पुर्‍याउन सहयोग गर्ने पूर्वअध्यक्ष सन्जिव जाेशीले प्रतिबद्धता जनाए।
उनीहरूले प्रधानमन्त्री , पर्यटनमन्त्री , श्रममन्त्री क्यानका प्रमुख, विभिन्न एयरलायन्सका प्रमुखसँग भेटेर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडानकाे लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाे छ।

प्रकाशित: १७ मंसिर २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =