बेलायतनिवासी पोखरेलको कविता संग्रह विमोचित

हिमाल प्रेस १६ मंसिर २०८० ९:३४
52
SHARES
बेलायतनिवासी पोखरेलको कविता संग्रह विमोचित

काठमाडौँ- साहित्यकार दुर्गाप्रसाद पोखरेलको अंग्रेजी कवितासंग्रह ‘अनसङ्ग सङ्स’ विमोचन गरिएको छ।

काठमाडौँमा बिहीबार विमोचन गरिएको कविता संग्रहको कवि तथा समालोचक केशव सिग्देलले संक्षिप्त गरेका थिए।

समीक्षाका क्रममा सिग्देलले कवि पोखरेल त्रिविमा अध्ययन तथा अध्यापनरत रहँदा अनि वेलायतमा पुग्दा र रहँदाबस्दाका विविध वान्कीका कविताहरु समाविष्ट रहेको बताएका थिए। उनले मौलिक अंग्रेजीमै लेखिएका र नेपालीबाट कवि आफैंले उल्था गरेका दुवै स्वादका कविताहरु संग्रहमा अटाएको‍ बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक पदमप्रसाद देवकोटा र अतिथिद्वय डा. चिन्तामणि योगी र डा. निर्मल अधिकारीले कवि पोखरेलका कविता र अन्य लेखन प्रवृत्तिमाथि आ-आफ्नो विचार राखेका थिए। कवितावारे संग्रहमा कवि पोेखरेलले खुलाएका छन्, ‘मेरा कविताले वैश्विक सन्देश बोकेका नहोलान्। तर मानवजातिको रूपमा मेरो आफ्नो प्रतिविम्व हुन् यी कविता।’

चितवन मूलथलो भएका पोखरेल अंग्रेजी र संस्कृतमा स्नातकोत्तर हुन्। केही वर्ष त्रिविमा अंग्रेजी अध्यापन गरेका उनी अहिले बेलायत बस्छन्। उनी विदेशीहरुलाई उतै संस्कृत भाषा पढाउँछन्।

प्रकाशित: १६ मंसिर २०८० ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =