एचआईभी संक्रमित व्यक्तिको संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह

हिमाल प्रेस १५ मंसिर २०८० २१:०४
4
SHARES
एचआईभी संक्रमित व्यक्तिको संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले एचआईभी एड्ससम्बन्धी संक्रमित व्यक्तिको मानव अधिकारको प्रभावकारी संरक्षणका लागि भूूमिका निर्वाह गर्न अनुरोध गरेको छ। आयोगले विश्व एड्स दिवस (डिसेम्बर १) का अवसरमा संक्रमित एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र २००१, राजनीतिक घोषणापत्र, वैश्विक एचआईभी एड्स रणनीति २०२१-२०२६, दिगो विकास लक्ष्य, राष्ट्रिय नीति रणनीतिअनुसार सन् २०३० सम्म एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न आग्रह गरेको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज (शुक्रबार) जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स‌ंक्रमित व्यक्तिको मानव अधिकारको प्रभावकारी सम्मान, संरक्षण तथा सम्वर्द्धनका लागि तीव्र गति (फास्ट ट्र्याक) प्रणालीअनुसार प्रभावकारी ढंगले कार्य अगाडि बढाउनु जरुरी छ।’

आयोगले उक्त व्यक्तिको पहिचान, परीक्षण, उपचार, तथ्यांक अद्यावधिक, जनचेतना, जीविकोपार्जन, एआरटीमा उपचार सेवा बाहिर रहेकालाई नियमित सेवामा जोड्न, उपचार सेवा प्रभावकारी बनाउन आग्रह गरेको छ।

उक्त विषयमा संघीय, प्रदेश र स्थानीय तहले प्रभावकारी तवरबाट जनचेतना बढाउन, सबै तहले नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा प्रतिनिधिमूलक सहभागिता गराउन आयोगले आग्रह गरेको छ।संक्रमित व्यक्तिका लागि रोजगारीको व्यवस्था मिलाउन, सीपमूलक तथा आयमूलक कार्यक्रम लागू गर्न र सरकारका साथै निजी तथा व्यावसायिक क्षेत्र, नागरिक समाजबाट सहयोग गर्न आयोगले आग्रह गरेको छ।

प्रकाशित: १५ मंसिर २०८० २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =