न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

हिमाल प्रेस २४ कार्तिक २०८० १५:३१
4
SHARES
न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन्।  शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुंग्याउने बताए। उनले आफूले छोटो समयमा पनि न्यायप्रतिको सक्रियता बढाउने काम गरेको दाबी गरे।

उनले महिलाहरू वादी भएका अंश मुद्दाहरू र नाताकायम मुद्दा छिटो छरितो गर्न अब चाँडै नै काठमाडौं जिल्ला अदालतबाहेकका अदालतमा पनि सुरु गर्ने बताए। प्रधानन्यायाधीश श्रेष्ठले केही समयपछि नै केही जिल्लाहरूमा भिडियो कन्फ्रेन्सबाट बहस व्यवस्थापन गर्ने प्रवन्ध मिलाएको बताए।

उनले जुम्ला इजलास, धनकुटा इजलास, माइनगर इजलास र हेटौँडा इजलासमा चाँडै भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यावस्थापन गर्ने तयारी रहेको बताए। उनले साना व्यवस्थापकीय कार्यबाट अनियमिततालाई कमी गर्न सकिने योजनाअनुसार अघि बढिरहेको उल्लेख गरे।

प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौं जिल्ला अदालतलाई सुव्यवस्थित बनाउन उच्चस्तरीय समिति निर्माण गरिएको र अध्ययन पछिको रिपोर्टका आधारमा लागू गर्ने बताए। अनलाइनमार्फत् मुद्दा दर्ता गर्ने प्रणालीको अध्ययन भइरहेको उनको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =