भूकम्पपीडितका लागि भारतको थप राहत सामग्री सहयोग

हिमाल प्रेस २३ कार्तिक २०८० २०:३०
4
SHARES
भूकम्पपीडितका लागि भारतको थप राहत सामग्री सहयोग

काठमाडौँ- भारतले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि थप राहत सामग्री सहयोग गरेको छ। भारतीय वायुसेनाको सी-१३० विशेष विमानमार्फत बिहीबार तेस्रो चरणको सहयोग सामग्री उपलब्ध गराएको हो।

तेस्रो चरणमा भारतले १२ टनभन्दा बढी राहत साम्रगी सहयोग उपलब्ध गराएको काठमाडौँस्थित भारतीय दूतावासले जानकारी दिएको छ। उक्त राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्रीलगायत समावेश रहेको दूतावासको भनाइ छ।

यसअघि भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको थियो।

भूकम्प प्रभावित परिवारका आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त राहत सामग्री उपलब्ध गराइएको दूतावासको भनाइ छ।

प्रकाशित: २३ कार्तिक २०८० २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =