नेपालका भूकम्पपीडितलाई चीनको थप सहयोग घोषणा

हिमाल प्रेस २१ कार्तिक २०८० १९:४९
4
SHARES
नेपालका भूकम्पपीडितलाई चीनको थप सहयोग घोषणा

काठमाडौँ- चीनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि थप सहयोग घोषणा गरेको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासले करिब २८ करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउन लागेको जानकारी गराएको छ।

चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग उपलब्ध गराउन लागेको उल्लेख गरेका छन्।

यसअघि चीनले भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री दिएको छ। उक्त राहत सामग्र सोमबार रसुवागढी नाकाबाट काठमाडौँका लागि आएको चिनियाँ दूतावासले बताएको छ।

प्रकाशित: २१ कार्तिक २०८० १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =