भूकम्पपीडितलाई सहयोग भन्दै पर्यटन मन्त्रालयले उठायो ४ करोड रुपैयाँ

हिमाल प्रेस २२ कार्तिक २०८० १६:५२
भूकम्पपीडितलाई सहयोग भन्दै पर्यटन मन्त्रालयले उठायो ४ करोड रुपैयाँ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग भन्दै रकम उठाएको छ। मन्त्रालयले बुधबार प्रधामन्त्री राहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ संकलन भएको रकम उठाएको हो।

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम बुधबार पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरे।

सहयोग रकम जम्मा गर्नेहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरण १ करोड, नेपाल वायुसेवा निगम २५ लाख, पर्यटन बोर्डबाट ५० लाख, पशुपति क्षेत्र विकास कोषबाट २१ लाख २१ हजार २ सय ११ रुपैयाँ, नेपाल पर्वतारोहण संघबाट ३१ लाख ११ हजार १११ रुपैयाँ, एयर डाइनेष्टिी हेलिकप्टरबाट ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र कैलाश हेलिकप्टरले १०‍ लाख रुपैयाँ सहयोग गरेको छ।

त्यस्तै क्यासिनो मोजाङले ५ लाख, क्यासिनो मोजाङ नेपालगञ्ज ले ५ लाख, डेल्टिन क्यासिनो काठमाडौँले ५ लाख, क्यासिनो वेलिज काठमाडौँले पाँच लाख, क्यासिनो प्राइड काठमाडौँले ५ लाख, क्यासिनो प्यालेस काठमाडौँ ५ लाख, क्यासिनो प्यालेस झापाले ५ लाख रुपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका छन्। रासस

प्रकाशित: २२ कार्तिक २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =