जाजरकोटका भूकम्पपीडितलाई अस्ट्रेलियाले आर्थिक सहयोग गर्ने

हिमाल प्रेस २ मंसिर २०८० १८:०५
4
SHARES
जाजरकोटका भूकम्पपीडितलाई अस्ट्रेलियाले आर्थिक सहयोग गर्ने

काठमाडौँ- नेपालका भूकम्पपीडितलाई अस्ट्रेलिया सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आकस्मिक सहयोगस्वरूप अस्ट्रेलियाले ५ करोड ९ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको हो।

तत्काल आवश्यकतापूर्तिका लागि अस्ट्रेलिया सरकारले ६ लाख अस्ट्रेलियाली डलर अर्थात ५ करोड ९ लाख रुपैयाँ बराबरको आर्थिक सहायता घोषणा गरेको हो।

उक्त सहयोगले भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका अष्ट्रेलियाका संस्थाहरूमार्फत आकस्मिक मानवीय सहयोग उपलब्ध गराउने अस्ट्रेलियाली सरकारले बताएको छ।

त्यस्तै अष्ट्रेलियाली सहयोगले नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रम मार्फत प्रभावित समुदायलाई सहयोग गर्ने बताइएको छ।

नेपालमा रहेको संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैंगिक हिंसा पिडीतहरूका लागि सहयोग जस्ता जीवन सुरक्षा र सहयोग सेवा प्रदान गर्ने अस्ट्रेलिया सरकारको भनाइ छ।

प्रकाशित: २ मंसिर २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =