२० रुपैयाँ विवादले ज्यानै लियो वृद्धाको

हिमाल प्रेस २३ कार्तिक २०८० १२:३७
8
SHARES
२० रुपैयाँ विवादले ज्यानै लियो वृद्धाको

अर्घाखाँची– अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ। मालारानी गाउँपालिका–९ गोखुंगा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युयकले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो।

मालारानी स्थायी ठेगाना भई भूमिकास्थान-१ रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुंगा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब निरीक्षक प्रतितसिंह राठोरले बताए।

नेपाली कात्तिक १४ गते बीस रुपैयाँ नतिरेको निहुँमा झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकार गरेका छन्।

हत्यापछि नेपाली वृद्धासँग भएको नगद र सुनका गरगहनासमेत लुटेर फरार भएका थिए। अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक पनि गरिएको थियो। रासस

प्रकाशित: २३ कार्तिक २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =