यस्ताे छ ‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

हिमाल प्रेस १८ वैशाख २०८१ १६:४७
16
SHARES
यस्ताे छ ‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौँ- फिल्म ‘पुजार सार्की’को ‘रिमै’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानमार्फत मंगलबार गीत सार्वजनिक गरिएको हो।

देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको गीतमा सुवास भुसालले संगीत भरेका छन्। दिनेश राउतको शब्द रहेको गीतको मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गरेका छन्। भने उदयराज पौडेलको संगीत संयोजन छ।

गीतको भिडियोमा पुजार पात्रको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली, मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ।

आगामी जेठ १० गते विश्वव्यापी प्रदर्शन हुने फिल्मको यसअघि ‘दर्शन गरेँ’ बोलको गीत सार्वजनिक गरिएको थियो। फिल्म दिनेश राउतले निर्देशन गरेका हुन्।

पोस्टर र टिजर सार्वजनिक भएपछि दर्शक फिल्मप्रति अपेक्षित बनेका छन्। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्। प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने खुलाइएको छैन। पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा अन्य कलाकार मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ।

विकास सुवेदीको लेखन रहेको फिल्म सुवाश भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ। राजेश श्रेष्ठले छछायांकन गरेको फिल्म भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीको द्वन्द्व निर्देशनमा बनेको छ।

 

प्रकाशित: १८ वैशाख २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =