सहकारीबाट ठगिएको भए उजुरी दिन अनुरोध

हिमाल प्रेस २३ कार्तिक २०८० १०:१८
12
SHARES
सहकारीबाट ठगिएको भए उजुरी दिन अनुरोध

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ। सीआईबीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ।

केही पीडित उजुरी लिएर आएका र उनीहरूको उजुरी दर्ता भएको जानकारी गराउँदै सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेको भए जाहेरी दिन आग्रह गरे। सहकारीबाट अहिलेसम्म करिब ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ। जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको बताए।

निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौंको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी ब्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो ।

उनले भने, ‘ललितपुर, काठमाडौं र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ।’

प्रकाशित: २३ कार्तिक २०८० १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =