भूकम्प पीडितलाई सर्वोच्चको पूर्ण बैठकले सहयोग गर्ने

हिमाल प्रेस २२ कार्तिक २०८० १८:००
8
SHARES
भूकम्प पीडितलाई सर्वोच्चको पूर्ण बैठकले सहयोग गर्ने सर्वोच्च अदालत

काठमाडौँ- प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको एक हप्ताको तलब भूकम्पपीडितका लागि सहयोग गरिने भएको छ। बुधबार सर्वोच्चको पूर्ण बैठकबाट उच्च र जिल्ला अदालतका न्यायाधीशसहित अन्य कर्मचारीको समेत तलबबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय भएको छ।

उच्च अदालतका न्यायाधीशहरूको ५ दिन, जिल्ला अदालतका न्यायाधीशहरूको तीन दिन तथा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूको तीन दिनको तलब पनि भूकम्पपीडितहरूको सहयोगका लागि कोषमा उपलब्ध गराइनेछ।

त्यस्तै, अधिकृतस्तरका कर्मचारीको २ र सहायकस्तरका कर्मचारीको १ दिन बराबरको रकम कोषमा स्वेच्छिक रूपमा जम्मा गर्ने निर्णय भएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २२ कार्तिक २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =