थाहामा ‘फिल्म फेस्टिभल’

हिमाल प्रेस २२ कार्तिक २०८० १३:५८
50
SHARES
थाहामा ‘फिल्म फेस्टिभल’

काठमाडौँ- मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा ‘थाहा फिल्म फेस्टिभल-२०२३’ हुने भएको छ। ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा कला केन्द्रको आयोजनामा महोत्सव हुन लागेको हो।

एक साता चल्ने भनिएको महोत्सव मंसिर ९ देखि सुरु हुनेछ। थाहानगरमा फिल्म छायांकनका लागि निर्माता तथा निर्देशकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सव मंसिर १५ गते सम्म चल्नेछ।

महोत्सवको उद्देश्य प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहानगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने रहेको छ। साथै थाहाका प्रमुख पर्यटकीय क्षेत्रबारे प्रचार गर्ने, थाहाको बारेमा मूलभूत जानकारी गराउने र फिल्म निर्माता, निर्देशक र कलाकारलाई पालिकासँग जोड्ने लक्ष्य रहेकाे आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा थाहानगरको पर्यटन प्रवर्द्धन हुने खालका तस्बिर डकुमेन्ट्री, फिचर  र सर्ट फिल्म प्रदर्शन गरिनेछ। साथै फिल्म निर्माता, निर्देशक तथा कलाकारसँग विशेष अन्तरक्रिया पनि हुनेछ। थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराउनुका साथै छायांकनको लागि उपयुक्त स्थलहरूको स्थलगत अवलोकन पनि गराइने छ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेका दामन भ्यू टावर, गाेपाली गाउँ, सिमभञ्ज्याङ, टिष्टुङ, पालुङ, इन्द्रसरोवर ताल, कुलेखानी मार्खु, बज्रबाराही, चित्लाङ, दामनको लामोसिढी, उनिउचौर, ऋषेश्वर मन्दिर,नर्वे ढुङ्गा लगायत स्थान पर्यटकीय क्षेत्रका रुपमा परिचित छन्।

महोत्सवका लागि बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाले सहयोग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =