भूकम्पपीडितलाई लुम्बिनी विकास कोषको २५ लाख

हिमाल प्रेस २२ कार्तिक २०८० ९:३७
12
SHARES
भूकम्पपीडितलाई लुम्बिनी विकास कोषको २५ लाख

लुम्बिनी- भूकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ लाखको चेक हस्तान्तरण गरेको छ।

बुधबार कोष अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

कोषका तर्फबाट भुकम्प प्रभावितहरूलाई तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेको उपाध्यक्ष डा लामाले बताए। संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालय अन्तर्गत रहेका कोष सहित पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, पर्यटन बोर्डबाट प्राप्त सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ।

लुम्बिनी विकास कोषले सचिवालय बैठक मार्फत भूकम्प प्रभावितहरूलाइ राहत लागि सहयोग गर्ने निर्णय गरेको थियो। कोषले भूकम्पबाट मृत्यू भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =