समाजवादी निकट युवा संघले गर्‍यो रक्तदान

हिमाल प्रेस २२ कार्तिक २०८० ६:४६
82
SHARES
समाजवादी निकट युवा संघले गर्‍यो रक्तदान

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले रक्तदान गरेको छ।

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि घाइते भई उपचार गराइरहेकालाई उपचारमा सहयोग गर्न रक्तदान गरिएको हो।

युवा संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन्। भूकम्पमा परी घाइते भएका व्यक्तिहरु उपचारमा रहेको र उनीहरुलाई रक्तको आवश्यक्ता परेकाले रक्तदान कार्यक्रम गरिएको युवा संघका संयोजक विश्वकर्माले जनाएका छन्। यसैगरी युवा संघले नेपालगंज र सुर्खेतमा समेत रक्तदान गर्ने कार्यक्रम रहेको छ।

युवा संघ केन्द्रीय कार्यालयको बैठकले भूकम्प पीडितको उद्धार, राहतका साथै उनीहरुको व्यवस्थापनमा युवाहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार काठमाडौंमा रक्तदान गरिएको र अब नेपालगंज तथा सुर्खेतमा समेत रक्तदान गरिने कार्यक्रम रहेको युवा संघका प्रवक्ता सन्जिप राईले बताए।

रक्तदान गर्नेलाई एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रमाणपत्र वितरण गरेकी छन्। रक्तदान कार्यक्रममा पार्टी, युवा संघ सहित सर्वसधारणको सहभागिता रहेको थियो।

प्रकाशित: २२ कार्तिक २०८० ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =