भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले गर्‍यो भूकम्पपीडितलाई सहयोग

हिमाल प्रेस २२ कार्तिक २०८० ६:४०
10
SHARES
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले गर्‍यो भूकम्पपीडितलाई सहयोग

काठमाडौँ- भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रुपैयाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा. बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रुपैयाँ राशिको चेक हस्तान्तरण गरे ।

जनरल भूपालमानसिंह कार्कीबाट २०५२ सालमा एक करोड रुपैयाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को स्थापना भएको थियो ।

प्रकाशित: २२ कार्तिक २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =