भूकम्पले तहसनहस बस्तीमा लौरो टेकेर पुगे राष्ट्रपति [फोटो फिचर]

हिमाल प्रेस २१ कार्तिक २०८० १७:२९
22
SHARES
भूकम्पले तहसनहस बस्तीमा लौरो टेकेर पुगे राष्ट्रपति [फोटो फिचर]

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रका स्थानीयको अवस्था बुझ्न जाजरकोट पुगेका छन्। मंगलबार बिहान हेलिकप्टरमार्फत जाजरकोट पुगेका उनले त्यहाँ अस्पतालमा रहेका घाइतेलाई भेटेर सहानुभूति प्रकट गरे। लगत्तै उनी भूकम्पले ध्वस्त बनाएको बस्ती पुगेर स्थानीयको गुनासो पनि सुने।

अस्पतालमा घाइतेको अवस्थाबारे जानकारी लिएर बस्ती जाँदै गर्दा उनले स्थानीयसँग भने, ‘तपाईँहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकता पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्नु पर्दैन। म सरकारसँग कुरा गर्छु।’ पौडेलले जाजरकोटको भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा पुगेर पीडितसँग कुराकानी गरेका हुन्।

भूकम्पले ध्वस्त पारेको बस्तीमा जाँदा लौरो टेकेका उनलाई उनका अंगरक्षकले पनि सहयोग गरेका छन्। राष्ट्रपति पौडेलले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिए। राष्ट्रपतिका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पनि जाजरकोट पुगेका थिए।

गत शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट, रुकुमलगायतका जिल्लामा १५७ जनाको निधन भएको छ भने ठूलो मात्रामा  भौतिक क्षति भएको छ। ती जिल्लामा परकम्पन हुने क्रम रोकिएको छैन।

तस्बिरहरू :  रासस

प्रकाशित: २१ कार्तिक २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =