साना र मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल

हिमाल प्रेस २० कार्तिक २०८० १४:२२
4
SHARES
साना र मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।  सोमबार काठमाडौंमा आयोजित एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

साना र मझौला उद्योगहरूले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। उनले दिगोपन भविष्यको अधारशिला रहेको भन्दै दिगो विकासका लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको बताए।

उनले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्रै नभएको भन्दै नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार उद्यमशीलता भएको दाबी गरे।

व्यापार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै यसले आर्थिक वृद्धिलाई मात्रै नभई सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए।

उनले भने, ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन। यो हाम्रो भविष्यको अधारशिला हो । साना र मझौला उद्योगहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्। तिनीहरूले वृद्धि नविनता र रोजगारी सिर्जना गर्दछन्। उद्यमशीलताले हाम्रो क्षेत्रलाई रुपान्तरण गर्ने क्षमता राख्छ। उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नुमात्रै होइन । यो नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौति समाधान गर्ने सबैभन्दा बलियो आधार पनि हो।’

राष्ट्रपति पौडेलले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी एवं विदेशी लगानीकर्तालाई आह्वान गरे। उनले देशको कृषि, जलस्रोत, पर्यटन जस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको बताए।

प्रकाशित: २० कार्तिक २०८० १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =