कोशीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

हिमाल प्रेस २० कार्तिक २०८० १२:३७
6
SHARES
कोशीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने कोशी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी।

काठमाडौँ- नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत कायमै रहेको बताए। दलको बैठकमा बोल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने बताएका थिए।

एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रुपमा प्रदेश सभा बैठकमा बस्ने निर्णय भएकोछ।’

एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा कांग्रेसका केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको छ। एमालेले समर्थन फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था थियो।

गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएपछि असन्तुष्टि जनाउँदै एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो। एमालेले समर्थन कायमै राख्ने भएपछि मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिनु नपर्ने भएको छ।

प्रकाशित: २० कार्तिक २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =