मेडिकल व्यवसायी प्रसाईंले गरे भूकम्प प्रभावित जिल्लामा दुई घर बनाउने घोषणा

हिमाल प्रेस १९ कार्तिक २०८० ११:३२
42
SHARES
मेडिकल व्यवसायी प्रसाईंले गरे भूकम्प प्रभावित जिल्लामा दुई घर बनाउने घोषणा

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भूकम्प प्रभावित क्षेत्रमा दुई वटा घर बनाइदिने घोषणा गरेका छन्। प्रसाईंले जाजरकोट र रुकुम पश्चिममध्ये एउटा जिल्लामा भूकम्प पीडित एक/एक परिवारका लागि घर बनाइदिने घोषणा गरेका हुन्।

जाजरकोट र रुकुमको भूकम्प गएको स्थानमध्ये एउटा ठाँउ हेरेर घर बनाइदिने प्रसाईंले बताए। ‘भूकम्पबाट ठुलो मानविय र भौतिक क्षति भएको छ। यो नेपालका लागि ठूलो क्षति हो। सबै मिलेर यो विपतमा सहयोग गर्नुपर्छ,’ उनले भने। भूकम्प प्रभावित क्षेत्रमा एउटा घरसँगै खाद्यान्य अन्य केही सामाग्री सहयोग गर्नेसमेत प्रसाईंको भनाइ छ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५७ जनाको निधन भइसकेको छ।

प्रकाशित: १९ कार्तिक २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =