जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, ५ जना घाइते

हिमाल प्रेस १९ कार्तिक २०८० ८:०३
18
SHARES
जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, ५ जना घाइते सांकेतिक तस्बिर।

बाजुरा- धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका-६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

आइतबार बिहान भएको उक्त दुर्घटनामा परी ५ जना घाइते भएका छन्। ग २ च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर तल खस्दा घटनास्थलमै ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ का २२ वर्षीया राधिका मलाल, उनकी करिब ८ महिनाकी छोरी प्रार्थना, ३२ वर्षीया धनशोभा बुढा र ६ वर्षीय कविन्द्र बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते हुनेमा हिमाली-५ का ३० वर्षीय प्रकाश बुढाथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन्।

घाइतेको दिपायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। जीप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: १९ कार्तिक २०८० ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =