भूकम्प प्रभावितलाई १० करोड रुपैयाँ बराबरको चिनियाँ सहयोग

हिमाल प्रेस १८ कार्तिक २०८० १८:५८
8
SHARES
भूकम्प प्रभावितलाई १० करोड रुपैयाँ बराबरको चिनियाँ सहयोग

काठमाडौँ- जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितका लागि चीन सरकारले १० करोड रुपैयाँ बराबरको सहयोग सामग्री उपलब्ध गराएको छ।

भूकम्प प्रभावित क्षेत्रमा ‘चाइना साउन एसियन कन्ट्रिज इमर्जेन्सी सप्लाइज रिजर्भ’बाट सहयोग गरिएको चीनको भनाइ छ। उक्त सहयोगमा टेन्ट, कम्बललगायत सामग्री रहेका छन्।

उक्त सहयोग सामग्री एक–दुई दिनभित्रै नेपाल आइपुग्ने बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =