सहरमा आज

संगीतप्रेमीको प्रतीक्षामा दुई कन्सर्ट, दर्शकको मन जित्दै भष्मे डन र परेदशी‍-२

सुस्मिता बजगाईं १८ कार्तिक २०८० ६:४१
32
SHARES
संगीतप्रेमीको प्रतीक्षामा दुई कन्सर्ट, दर्शकको मन जित्दै भष्मे डन र परेदशी‍-२

काठमाडौँ– उपत्यकामै बस्नेहरु संगीतको पारखी हुुनुहुन्छ भने चर्चित सांगीतिक ब्यान्ड एक्सिसले ‘एक्सिस नेपाल टुर’ नामक कन्सर्ट सुरु गरेको छ। साथै ललितपुरस्थित होटल हिमालयमा त्रिकाल तान्त्रिक, एल प्रुफुन्डो, सतिश स्थापितजस्ता चर्चित ब्यान्डले ‘काठमाण्डु ब्लुज एन्ड रुट्स’ नामक कार्यक्रम गर्दैछन्।  गोदावरी र भृकुटीमण्डपमा तिहारलक्षित पुष्प प्रदर्शनी भइरहेका छन्। साहित्यमा रुचि राख्नेका लागि कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ लोकार्पण हुँदैछ।

हलमा दसैँको अवसरमा प्रदर्शन गरिएको दुई नेपाली र दुई हिन्दी फिल्मले अझै पनि दर्शकको मन जितिरहेका छन्।

एक्सिस ब्यान्डको कन्सर्ट

सांगीतिक ब्यान्ड एक्सिसले ‘एक्सिस नेपाल टुर’ नामक कन्सर्ट सुरु गरेको छ। देशका प्रमुख चार सहर ललितपुर, भक्तपुर, काठमाडौँ र दमकमा ब्यान्डले कन्सर्ट गर्नेछ।
पहिलो दिन शनिबार ललितपुरको अपटाउन झम्सिखेलमा हुनेछ। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) को प्रस्तुति रहने कन्सर्टमा ब्यान्डले ‘तिमी फेरि आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुद्र’ र ‘घरगाउँ’ लगायतका गीत गाउनेछ।

‘काठमाण्डु ब्लुज एन्ड रुट्स’

ललितपुरस्थित होटल हिमालयमा ‘काठमाण्डु ब्लुज एन्ड रुट्स’ आयोजना हुँदैछ। कार्यक्रममा मुलुकका चर्चित ब्यान्ड र संगीतकर्मीले प्रस्तुति दिँदैछन्। मुक्ति शाक्य, देव राना, एल्बाट्रस, त्रिकाल तान्त्रिक, एल प्रुफुण्डो, सतिश स्थापित, स्टिभन एन्ड एनसिल्सलगायतका ब्यान्ड र गायकले प्रस्तुति दिने आयोजकले जनाएको छ।

पार्श्वधुन

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा शनिबार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ लोकार्पण हुँदैछ।

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। कार्यक्रम दिउँसो दुई बजे हुनेछ। साहित्यकार नयनराज पाण्डे, कुमारी लामा र अभय श्रेष्ठ वक्ता रहेको कार्यक्रम सहजीकरण मोहराज शर्माले गर्नेछन्।

गोदावरीमा फूल प्रदर्शनी

ललितपुरको जाउलाखेलस्थित फुटबल मैदानमा तिहारलक्षित कात्तिक १४ गतेदेखि १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भइरहेको छ। प्रतियोगितात्मक प्रदर्शनीमा ५ वटा प्रजातिका गोदावरी फूलको प्रतिस्पर्धा गरिएको छ। साथै मेलामा फूलसम्बन्धी बिउ, मल, विषादी, गमला, उपकरणलगायत वस्तु बिक्रीमा राखिएको छ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीको शनिबार अन्तिम दिन हो। मेलामा फूलका करिब ७० वटा स्टल छन्। प्रदर्शनी प्रवेशका लागि एक सय रुपैयाँ शुल्कको व्यवस्था गरिएको छ। विद्यार्थीका लागि ५० रुपैयाँ छ।

पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले प्रदर्शनीको आयोजना गरेको हो।

भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो’ 

काठमाडौँस्थित भृकुटीमण्डपमा फ्लोरा एक्स्पो नामक पुष्प मेला चलिरहेको छ। कात्तिक १४ गतेदेखि सुरु भएको पाँचदिने एक्स्पोको शनिबार अन्तिम दिन हो।
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको मेलामा फूलको बिरुवा परामर्शसहित करिब ६० वटा स्थल छन्। साथै मेलामा फूलसम्बन्धी बिउ, मल, विषादी, गमला, उपकरण लगायत वस्तु बिक्रीमा राखिएको छ।

मेलामा प्रवेश शुल्क एक सय रुपैयाँ छ भने विद्यार्थीका लागि ५० रुपैयाँ छ।

परदेशी २

फिल्म ‘परदेशी २’ असोज २६ गतेदेखि प्रदर्शनरत छ। फिल्ममा लोकप्रिय प्रकाश सपूत मुख्य भूमिकामा छन्। परदेशीको पीडालाई विषयवस्तु बनाइएको फिल्मका निर्देशक रायमाझी हुन्।

फिल्ममा अन्य कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।

रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ। नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल)ले संयुक्त लगानी गरेका छन्।

शनिबार उपत्यकामा क्यूएफएक्सअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, सीके सिनेमाज, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स र कीर्तिपुर सिनेप्लेक्समा फिल्मको सो छ।

‘पशुपति प्रसाद २ : भष्मे डन’

कात्तिक ४ गतेदेखि फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शन भइरहेको छ।

फिल्म ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’ (विपिन कार्की) मा केन्द्रित छ। पशुपति प्रसादको मृत्युपछि भष्मे डन कुन रूपमा अघि बढ्छ भन्ने फिल्मको कथावस्तु हो।
फिल्ममा अन्य कलाकार सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

टुकी आट्र्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, क्यूज सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सीके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘भष्मे डन’ प्रदर्शनरत छ।

बासेन्जी

फिल्म ‘बासेन्जी’ असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। यो नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। यसको निर्देशन अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले गरेका हुन्।

फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ। फिल्म गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो।
उपत्यकामा शनिबार रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

लियो : ब्लडी स्विट

दक्षिण भारतीय फिल्म ‘लियो : ब्लडी स्विट’ कात्तिक २ गतेदेखि नै नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा कलाकार थलापति विजय छन्।
फिल्ममा विजयले लियो पात्रको भूमिका निभाएका छन्। थ्रिलर र एक्सन जनरामा बनेको फिल्ममा थलापति विजयसहित तृषासहित विजय सेतुपति, सञ्जय दत्त, कमल हसन, प्रिया आनन्द, गौतम वासुदेव मेनन, मनसूर अलि खानलगायत कलाकारको अभिनय छ।

लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा ललित कुमारले लगानी गरेका छन्।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, लबिम मल, सिभिल मल र भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्समा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लक्ेस, विश्वज्योति सिनेप्लेक्स दक्षिण भारतीय फिल्म ‘लियो : ब्लडी स्विट’ चलिरहेका अन्य हल हुन्।

गणपत

बलिउड फिल्म ‘गणपत : अ हिरो इज बर्न’ कत्तिक ३ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा कलाकार टाइगर श्राफ मुख्य भूमिकामा छन्। उनी गणपत बक्सरको भूमिकामा देखिएका छन्।

विकास बहलले लेखन तथा निर्देशन गरेको फिल्ममा टाइगरसहित अमिताभ बच्चन र कृति सेननको पनि मुख्य अभिनय छ। फिल्म निर्देशक विकास बहलसहित बाशु भग्नानी, दीपशिखा देशमुख र ज्याकी भग्नानीले संयुक्त लगानी गरेका छन्।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

प्रकाशित: १८ कार्तिक २०८० ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =