झुटो विवरण पेस गर्ने दुई जनाको नारिकता बदर [मन्त्रिपरिषद्‌ निर्णयसहित]

हिमाल प्रेस १७ कार्तिक २०८० १७:५४
14
SHARES
झुटो विवरण पेस गर्ने दुई जनाको नारिकता बदर [मन्त्रिपरिषद्‌ निर्णयसहित]

काठमाडौँ- सरकारले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुईजनाको नागरिकता बदर गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बदर गरेको बताएको छ।

काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो। तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =