![रिगललाई पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश [यस्तो छ पूर्णपाठ]](https://himalpress.com/wp-content/uploads/2023/02/supreme-court-sarbochha-adalat.jpg) सर्वोच्च अदालत। फाइल तस्बिर
                             सर्वोच्च अदालत। फाइल तस्बिर
                                            काठमाडौँ- सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धर हत्यामा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय सरकारको निर्णय बदर गर्न आदेश दिएको छ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो।
सरकारले माफी दिने निर्णय गरेपछि चेतनकी श्रीमती भारती मानन्धर शेर्पाले निर्णय बदर गरी पाउँ भनि सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उनको रिटमाथि आज सुनुवाइ भएको हो।
यस्तो छ पूर्णपाठ
                            प्रकाशित: १६ कार्तिक  २०८० १७:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 