नेपालगञ्जबाट पक्राउ परे रिगल

हिमाल प्रेस १६ कार्तिक २०८० १६:५१
60
SHARES
नेपालगञ्जबाट पक्राउ परे रिगल रिगल

काठमाडौँ– नेपाल प्रहरीले रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ। उनलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको हो। नेपालगञ्जकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए।

उनलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले तत्काल पक्राउ गरी बाँकी कैद पनि भुक्तान गर्न परमादेश दिएको थियो।

सर्वोच्चको आदेशअनुसार प्रहरीले ४:३० बजे नेपालगञ्ज-४ स्थित उनकै निवासबाट पक्राउ गरेको हो।

रिगलको कैद माफी बदर, तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश

प्रकाशित: १६ कार्तिक २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =