रिगलको कैद माफी बदर, तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश

हिमाल प्रेस १६ कार्तिक २०८० १५:५२
20
SHARES
रिगलको कैद माफी बदर, तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश रिगल

काठमाडौँ-  रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।  ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर भएको हो। उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश जारी गरेको छ।

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले माफी दिएका थिए। त्यसपछि मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सर्वोच्चले ढकाललाई सरकारले दिएको कैद माफी उल्टाउँदै बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ।

प्रकाशित: १६ कार्तिक २०८० १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =